पेस्तोलसहित दुई जना पक्राउ

26

रौतहट, १२ फागुन । रौतहटको गौरबाट चितवनतर्फ जाँदै गरेको एक यात्रुवाहक बसबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

ना८ख ८७७३ नम्बरको बसलाई हेटौँडा–१५ रातोमाटेस्थित चेकपोस्टमा चेकजाँच गर्ने क्रममा प्रहरीले पेस्तोल बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार एक थान पेस्तोल र ९ मिलिमिटरको ३ राउन्ड गोलीसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरजकुमार र मोतिहारी जिल्ला बहरी ग्रामका २६ वर्षीय दीपककुमार रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक विश्वराज खड्काले पेस्तोलसहित पक्राउ परेका नागरिकका बारेमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...