एनआरटीलाई पराजित गर्दै केपी ओली एफसी सेमिफाइनलनमा प्रवेश

13

काठमाडौँ, १२ फागुन । केपी ओली एफसी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा केपी ओली एफसीले न्युरोड टिम (एनआरटी) क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलनमा प्रवेश गरेको हो ।

केपी ओली एफसीका तर्फबाट निर्णायक एक गोल खेलको ६३औँ मिनेटमा सुरजज्यू ठकुरीले गरेका थिए ।

प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुने छन् । पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लबबीच र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबीच हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...