इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा आज नेपालले लेबनानसँग खेल्दै

27

काठमाडौँ, ८ फागुन । इन्टरनेसनल वुमन्स च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुने छ ।

त्यसअघि पहिलो खेलमा म्यानमार र कीर्गिस्तानबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुने छ । चारै टोलीको यो दोस्रो खेल हुने छ । पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले तथा नेपालले कीर्गिस्तानलाई १–० ले पराजित गरेको थियो ।

लेबनानसँग खेल्दा लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ । म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेकाले आज दोस्रो जित हात पारे एक खेलअघि नै सेमिफाइनल पुग्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...