सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

9

ggकाठमाडौँ, ७ फागुन । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ११ सय रुपैयाँले बढेको हो ।

मंगलबार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको आज तोलाको १ लाख ७० हजार ५०० रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँले बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...