फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन हो : प्रधानमन्त्री ओली

10

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन रैतिबाट जनताको दर्जामा पुर्‍याएको दिन भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले आजको दिन नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन भएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, ‘फागुन ७ गते । आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतिबाट जनताको दर्जामा पुर्‍याएको दिन हो । यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ । मुलुकका लागि यो सबैभन्दा ठुलो परिवर्तन ल्याउने दिने हो । यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरु छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरु छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ ।’

गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा दिवसको शुभकामना दिनुहुँदै उहाँले अमर सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान व्यक्त गर्नुभएको छ । ओलीले राष्ट्रिय प्रजातन्त्र दिवस राष्ट्रव्यापीरुपमा मनाउन आग्रह गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...