मृतक प्रकृतिका पिता भन्छन्- ह्यारेसमेन्ट र ब्ल्याकमेलिङका कारण आत्महत्या

13

काठमाडौँ, ६ फागुन । भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा मृतक प्रकृति लम्सालको पिता सुनिल लम्सालले ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको बताउनुभएको छ ।

मंगलबार घटनास्थल पुग्नुभएका लम्सालले भारतीय मिडियासँगको कुराकानीमा ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको भन्दै मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘यहाँको प्रशासनले अनुसन्धान त गरिरहेको छ । पोष्ट मार्टमको रिपोर्ट पनि आउन बाँकी छ ।सूचना पाएको छौँ कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा उसले सुसाइड गरेको हो । बाँकी हामीलाई केही थाहा छैन ।’

उहाँले त्यहाँको कानुनी प्रक्रिया सकेर छोरीको शव सके आज नसके भोलिसम्म नेपाल लैजाने जानकारी दिनुभयो ।

‘लिएर त जानै छ । हेरौँ के हुन्छ । तर, प्रोसिडियर हुन्छ । एउटा देशबाट अर्को देश लाने कुरा हो । सकेसम्म आज भए आज नभए भोलि लैजाने छौँ । हाम्रो माग भनेको न्याय हो अरु केही छैन, मात्र न्याय हो ।’

यस्तै, उहाँले घटनापछि नेपाली विद्यार्थीलाई कलेजले ज्यादती गरेर सही नगरेको पनि बताउनुभयो । आफू आएपछि सोमबार युनिभर्सिटीसँग कुरा भएको र राम्रो समन्वय गरिरहेको उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...