दरबारमार्गमा ग्रेनाइट बिछ्याइँदै [तस्बिरहरू]

22

काठमाडौँ, ४ फागुन । दरबारमार्गको पैदलमार्गमा ग्रेनाइट बिछ्याइँदै छ । नारायणहिटी संग्रहालय अगाडि महानगरीय प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाइएको हो । पैदलमार्गको चौडाइ कम्तिमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ । सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ। त्यसभन्दा माथि ब्रिक सोलिङ गरिएको छ ।

हेर्नुहोस् तस्बिरहरू

तस्बिरहरू : बिजेन अमात्य

Share This:
सम्बन्धित खबर
Loading...