अवैध अस्पताल सञ्चालन गरेको आरोपमा एक जना पक्राउ

23

जनकपुर, २ फागुन । जनकपुरधाममा अवैध अस्पताल सञ्चालन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जनकपुरधामको भ्रमरपुराचोकस्थित जनकपुर मोडर्न अस्पताल सञ्चालन गर्दै आएका रामभरोषी महतोलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । बिना दर्ता अस्पताल सञ्चालन गरी बिरामी ठगेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहले अनुगमनको क्रममा दर्ता नरहेको अस्पतालहरुलाई मापदण्ड पूरा गरी दर्ता नगराएसम्म सञ्चालनमा नल्याउन निर्देशन दिनुका साथै अस्पतालमा ताला लगाई साँचो हस्तान्तरण गर्न भन्नुभएको थियो । तर, बिहीबार बेलुका मुख्यमन्त्रीसहितको टोली अनुगमन गर्न पुग्दा सो अस्पताल सञ्चालनमै रहेको र नयाँ बिरामी समेत भर्ना गरेको पाइएपछि प्रहरीले सञ्चालक महतोलाई पक्राउ गरेको हो ।

मुख्यमत्री सिंहले केही दिन यता अस्पतालहरुको अनुगमन तीव्र बनाउनुभएको छ । उहाँले अवैध र मापदण्डविपरीत रहेको अस्पतालहरुलाई कारबाही गर्ने निर्देशन दिनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...