चलचित्र क्षेत्रमा महिलाहरु बढी पीडित हुनुपरेको गुनासो

18

काठमाडौँ, २९ माघ । वरिष्ठ कलाकार बसुन्धरा भुसालले चलचित्र क्षेत्रमा महिलाहरु बढी पीडित हुनुपरेको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा ‘चलचित्रमा महिला’ विषयको प्यानल छलफलमा बोल्नुहुँदै उहाँले हिरोको तुलनामा हिरोइनहरुलाई समस्या भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महिला बहिनीहरुलाई एकदमै समस्या छ । हिरोको तुलनामा हिरोइनहरुलाई त्यति पैसा छैन । महिलाहरुलाई वास्तवमा गाह्रो छ । हलिउड, बलिउडमा नि त्यस्तै छ । महिला र पुरुषमा भिन्नता देखाउनुहुन्न । धेरै चलचित्रहरु पुरुष चलचित्र बन्छन तर त्यसो हुनुहुन्न । किनकी पुरुषहरुलाई जन्माउने हामी नारी हौ नी । नारीहरुले संवेदनात्मक रुपमा पुरुषको भन्दा बढी दर्शक आकर्षण गर्छन् । सामाजिक चलचित्र बढी चलेका छन् ।’

उहाँले युवा वर्ग र महिलाहरु चलचित्र क्षेत्रमा आउन आग्रह गर्नुभयो । उहाँले महिलाहरु हरेक क्षेत्रमा आउनुपर्ने भन्दै विशेषगरी चलचित्रको प्राविधिक क्षेत्रमा महिला क्यामेरा, सम्पादक कम भएको बताउनुभयो ।

यस्तै, उक्त कार्यक्रममा बोल्दै कोरियोग्राफर, निर्देशक तथा निर्माता रेनाशा बान्तवाले महिलाहरुले आफ्नो कमजोरी आफैँ प्रदर्शन गर्ने गरेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...