एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

13

काठमाडौँ, २६ माघ । २५औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधिमा ह्याट्रिक गरेको छ ।

शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधिमा ह्याटिक गरेको हो ।

आजको खेलमा हेनरी पोकुले दुई गोल गरेपछि एनआरटीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै पुनरागमन जित निकालेको हो ।

खेलको २२औँ मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय टिकेन । दुई मिनेटपछि नै हेनरी पोकुले एनआरटीका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा एनआरटीले एक गोल गर्दै जित हात पारेको थियो । हेनरीले ५७औँ मिनेटमा गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए र त्यहीँ गोल नै जितमा निर्णायक बन्यो ।

एनआरटीले लगातार दोस्रो र समग्रमा तेस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । एनआरटीले पहिलो २०६४ सालमा बुढासुब्बा जितेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...