रौतहट, १० माघ । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अब बन्ने शेर बहादुर देउवा नेतृत्वको सरकारले मल कारखाना स्थापना गर्ने बताउनुभएको छ ।
बाराको कलैयामा बिहीबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस विषयमा आफूलाई पनि चिन्ता रहेको उल्लेख गर्नुभयो ।
मल पनि दुई÷तीन प्रकारको भएको भन्दै उहाँले रसायनिक वा आर्गानिक मलको उद्योग स्थापना गर्ने विषयमा पटक पटक बहस भएको तर स्थापना नहुँदा आफू पनि चिन्तित भएको बताउनुभयो । अब बन्ने कांग्रेस नेतृत्वको सरकारले ध्यान दिने उहाँले जिकिर गर्नुभयो ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका निधिले निजगढ काठमाडौँ द्रूर्तमार्ग (फास्ट ट्रयाक) र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एक अर्कामा परिपुरक रहेकाले दुवै बन्नु पर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय मापदण्डको नियम अनुसार नै दुवै बनेको उहाँले दाबी गर्नुभयो ।
उहाँले मधेस प्रदेश कृषि उत्पादनका लागि उवरभूमी भएकाले यहाँका किसानको समस्या बुझेर सामधान गरी उत्पादनमा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।