मुगुमा विपद्‌बाट हुने जोखिम न्यूनीकरणका लागि कृतिम घटना अभ्यास

8

मुगु, १० माघ । माघ, फागुनको सुक्का समयमा मुगुमा आगलागीलगायत विपद्‌बाट हुने जोखिम न्यूनीकरणका लागि विशेष कृतिम घटना अभ्यास प्रदर्शन गरिएको छ ।

सुक्खा मौसममा आगलागीका घटना बढ्ने र पूर्वतयारी कमजोर हुँदा ठुलो धनजन र मान पशुचौपायको क्षति हुने जोखिमलाई ध्यानमा राखी यस्तो अभ्यास गरिएको हो ।

कार्यक्रममा घरभित्र आगलागी भएमा नियन्त्रण गर्ने विधि, वनजंगलमा फैलिएको आगो निभाउने उपाय, खाना पकाउने ग्याँस लिक हुँदा सम्भावित दुर्घटनाबाट कसरी बच्न सकिन्छ भन्ने ज्ञानका बारेमा जानकारी गरिएको थियोे ।

त्यस्तै, कुनै व्यक्तिको शरीरमा आगो सल्किएमा तत्काल अपनाउनुपर्ने उपायका साथै अग्नि नियन्त्रण उपकरणहरूको सही प्रयोगसम्बन्धी जानकारीको साथै अभ्यास समेत गरिएको हनुमानध्यज गुल्मका गुल्मपति बसन्त नाथ योगीले बताउनुभयो ।

जिल्ला विपद् प्रतिकार्य समितिको समन्वय, नेतृत्व नेपाली सेना, सहकार्य, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संलग्न नगर प्रहरी, नेपाल रेडक्रस, नेपाल पत्रकारको सहभागिता रहेको थियो । यो अभ्यासमार्फत विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा आवश्यक चेतना फैलाउने प्रयास गरिएको थियो ।

समीक्षा कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रसाद पाण्डेका अनुसार यो आगलागी नियन्त्रण तथा यसबाट हुने मानवीय, धनजन, पशुचौपाय, वनजङ्गल आगलागीबाट जोगाउनका लागि निकै सन्देशमूलक अभ्यास रहेको छ ।

आगलागीका घटनाहरूको उच्च जोखिम रहेको मुुगुको सदरमुकाम गमगढी बजार र जिल्लामा रहेका सबै क्षेत्रमा यस्ता अभ्यास गरी जनचेतना दिँदा दीर्घकालीन प्रभाव हुने छ । यो अभ्यासमा पाएको शिक्षामा सहभागीहरुले सिकेका कुराहरु यस्ता आगलागीका घटना भएको क्षेत्रमा प्रयोग र शिक्षा दिनसमेत अनुरोध गरेका छन् ।

विगतदेखि गमगढी बजारमा र अन्य गाउँ बस्तीहरुमा रहेका साघुरो बाक्लो बस्ती भएको हुनाले आगलागीका बढी घटना हुने भएकाले आगलागीसम्बन्धी जनचेतना गाउँ बस्ती बस्ती टोल टोलमा दिन आवश्यक रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...