काठमाडौँ, ७ माघ । केलियन एमबाप्पेको दुई गोलको मद्धतमा रियल मड्रिडले स्पेनिस ला–लिगामा सहज जित हासिल गरेको छ ।
आइतबार राति भएको खेलमा रियलले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पे बाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गरे ।
खेलको ३३औँ मिनेटमा डियाजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । त्यसको ३ मिनेटपछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । रोड्रिगोले ५७औँ मिनेटमा अर्को गोल थपे ।
जितसँगै २० खेलमा ४६ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ । समान खेलमा ३९ अंकका साथ बार्सीलोना तेस्रो स्थानमा छ ।