नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न आग्रह

23

काठमाडौँ, ४ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्नुभएको छ ।

शुक्रबार इयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले उक्त आग्रह गर्नुभएको हो ।

मन्त्री पाण्डे नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कूटनैतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र इयूबीच साझेदारी रहेको समेत उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल र इयूबीच करिब पाँच दशकअघि कूटनीति सम्बन्ध स्थापना भएदेखि नै घनिष्ट कुटनैतिक सम्बन्ध रहेको छ । इयू नेपालको प्रमुख विकास साझेदार हो । हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा इयूको निरन्तर सहयोग प्रति कृतज्ञ छौँ ।’

उहाँले इयूको आकाशमा नेपाली एयरलाएन्समाथि लगाइएको प्रतिबान्ध चाँडै फुकुवा गरेर सहयोग गरिदिन समेत अनुरोध गर्नुभयो ।

राजदूत भेरोनिक लोरेन्जोले इयूको लगाएको हवाई प्रतिबन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दै नेपालले प्राविधिक रुपमा सक्षम बन्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको समेत बताउनुभयो । राजदूत लोरेन्जोले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानबिन समितिबारे समेत उच्च सोचका साथ हेरिरहेको बताउनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...