रौतहट प्रहरीको ६ महिना : चोरी निकासीतर्फ दुई करोड ४२ लाख बढी संकलन

10

रौतहट, ४ माघ । रौतहट प्रहरीले ६ महिनाको अवधिमा जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फर्छ्यौट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो ।

गत साउनदेखि पुससम्मको सार्वजनिक गरिएको प्रगति विवरणअनुसार जबरजस्ती करणीको लागुऔषधको १५ वटा मुुद्दा दर्ता भएकोमा १४ वटा फर्छ्यौट भएको उल्लेख छ ।

लागुऔषधको आव.२०८०/८१ मा ११ वटा मुद्दा दर्ता भएकोमा १० वटा फर्छ्यौट भएको सार्वजनिक गरिएको विवरणमा छ । कर्तव्य ज्यानका ४ वटा मुुद्दा दर्ता भएकोमा २ वटा फर्छ्यौट गरेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताउनुभयो । उहाँका अनुसार चोरीसम्बन्धी ३८ वटा मुुद्दा दर्ता भएकोमा ३८ वटै फर्छ्यौट भएको छ ।

हात हतियार खरखजानासम्बन्धी ६ वटा मुुद्दा दर्ता भएकोमा ५ वटा फर्छ्यौट भइसकेको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/८२ को पुससम्म मुद्रासम्बन्धी ४ वटा मुुद्दा दर्ता भएकोमा सबै फर्छ्यौट भएको उहाँको भनाइ छ । यस आर्थिक वर्षको पुससम्म ६८ लाख २४ हजार ५ सय ट्राफिक प्रहरीले राजस्व संकलन गर्न सकेको छ ।

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा २६४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । भन्सार चोरी निकासीतर्फ साइकल १४, मोटरसाइकल १०८, पिकअप २, स्कार्पियो २, सिटी रिक्सा ४ लाई कारबाही गरी २ करोड ४२ लाख ७७ हजार ४४३ रुपैयाँ राजस्व संकलन गरेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...