रामेछाप, ३ माघ । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा मन्दिर बनाउन एक दाताले जग्गा दान गरेका छन् ।
राकाथुमको गोठपानीमा लक्ष्मी–नारायण मन्दिर बनाउन स्थानीय सुन्दरलाल श्रेष्ठ र उहाँको परिवारले जग्गा दान गर्नुभएको हो । मन्दिर निर्माणका लागि ५ लाख मूल्य पर्ने १ रोपनी ६ आना जग्गा श्रेष्ठले दान गरेका वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जग्गादातालाई लक्ष्मी–नारायण मन्दिर संरक्षण समितिले सम्मान गरेको छ । समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठको अध्यक्षता तथा वडाध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जग्गादातालाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले अहिलेको युगमा पनि दान गर्ने व्यक्ति अत्ति ठुलो मनका भएको बतानुभयो । मानिसहरूसँग सम्पति भएर मात्र नहुने भन्दै उहाँले त्यसलाई खर्च गर्न सक्ने र त्यो पनि सही ठाउँमा खर्च गर्न सक्ने क्षमता पनि हुनु पर्नेमा जोड दिनुभयो ।