अप्राकृतिक भएकै कारण अब ओली सरकार चल्दैन : प्रचण्ड

13

काठमाडौँ, २६ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्राकृतिक भएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा विपक्षी दलका नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले वर्तमान गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शी रहेकाले नचल्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शी छ भनेर मैले गम्भीर रुपले भनिसकेको छु । अप्राकृतिक भएकाले अब यो चल्दैन ।’

यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ सम्म चुनावै नगरी बस्न खोजेको बताउनुभयो ।

प्रधानमन्त्रीले ओली संसद् नै भंग गर्ने मान्छेले भएको भन्दै संसद् भंग गरेर ठेलेको ठेलै गरेर अझै ६ वर्ष बसौला भन्ने सोच बनाएको होकी भनेर आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘०८७ सम्म बस्ने उहाँको चाहना होला । अब हेरौँ, ०८७ सम्म चुनावै नगरिकन बस्ने होकि ? त्यसलाई पनि मान्छेले प्रश्न खडा गर्छ । संसद् नै भंग गर्ने मान्छेले संसद् भंग गरेर ठेलेको ठेलै गरेर अझै ६ वर्ष बसौला भन्ने सोच्नुभएको छ कि थाहा भएन ।’

यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यो देश नबन्नुको मुख्य कारण अहिलेको नेतृत्व र उक्त नेतृत्वले ल्याएको व्यवस्था रहेको बताउनुभयो । सरकार निर्माणको प्रक्रियामा दुई ठुला दलले संविधान संशोधनका लागि मिलेको भनेर सार्वजनिक गरेकोमा अहिले यहाँ त्यो विषय भन्नका लागि मात्रै भनिएको रहेछ भन्ने प्रमाणित भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, यो देश नबन्नुको मुख्य कारण अहिलेको नेतृत्व र यो नेतृत्वले ल्याएको व्यवस्था हो । यो नेतृत्व र व्यवस्थाले देश बन्दैन । हामीले संविधानमा परिवर्तनको विषय उठाइरहेका छौँ । सरकार निर्माणको प्रक्रियामा दुई ठुला दलले संविधान संशोधनका लागि ठुला दल मिलेको भनेर सार्वजनिक गरे अहिले यहाँ आइपुग्दा त्यो विषय भन्नका लागि मात्रै भनिएको रहेछ भन्ने प्रमाणित भएको छ ।’

उहाँले देशलाई भ्रष्टाचार मुक्त बनाएर समृद्ध बनाउनका लागि अहिलेको नेतृत्व र व्यवस्था फ्याक्नुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...