फोटो चोरी र कपी हुने प्रवृत्ति बढ्यो : प्रदीपराज वन्त

4

काठमाडौँ, २६ पुस । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले नेपालमा आर्ट र फोटोग्राफीको कपी राइट बढी देखिन थालेको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले डिजिटल मिडियाको प्रवेशसँगै व्यवसायिक फोटोग्राफी गर्नेहरुको फोटो चोरी र कपी हुने प्रवृत्ति बढ्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आर्ट र फोटोग्राफीको कपी राइटको समस्याहरु बजारमा धेरै नै देखिन्छ । डिजिटल मिडियाको प्रवेशसँगै नेपालमा पनि फोटोग्राफी र आर्ट सँगसँगै सम्बन्धित विषयवस्तुहरुमा चाहिँ फोटो पत्रकारिताका मार्फत् व्यवसायिक काम गरिरहने साथीहरुले फोटो चोरी हुने, कपी हुने विषयहरुमा हामीले आवाज उठाउनुपर्छ ।’

यसैगरी उहाँले खिचेका फोटोहरु गुगलमार्फत् सजिलै कुनै पनि सञ्चार माध्यममा बाइलाइनसहित समाचार सम्प्रेषण गर्ने समस्या रहेको बताउनुभयो । उहाँले नेपालमा प्रतिलिपि अधिकारसम्बन्धी नीति नियमलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...