१० किलो गाँजासहित तीन जना भारतीय पक्राउ

6

बारा, २६ पुस । बाराको प्रसौनीबाट प्रहरीले १० किलो गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको कुशीनगर, थाना पटेर्वा, ग्राम पञ्चायत जबरा बजार निवासी ३८ वर्षीय चालक धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन, ग्राम पञ्चायत सेमरा निवासी ४८ वर्षीय चन्द्रभान कुशवाहा, र लखनऊ नगरपालिका, सरोजीनगर, ट्रान्सपोर्ट नगर निवासी ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेका छन् ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको नेतृत्वमा खटिएको टोलीले प्रसौनी गाउँपालिका वडा नम्बर ५ स्थित प्रष्टोकाबाट बेलहिया जाँदै गरेको युपी ३२ बिएक्स ४७२६ नम्बरको भारतीय बोलेरो गाडीमा सेतो प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको हो ।

प्रहरीले पक्राउ परेका व्यक्ति र गाँजासहितको बोलेरो गाडीलाई नियन्त्रणमा लिइ आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ ।

बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार पक्राउ परेका तीनै जनालाई बाराको जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...