सुनको मूल्य बढ्दा चाँदी स्थिर

5

काठमाडौँ, २४ पुस । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार पनि चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...