धनगढी, २४ पुस । खानेपानीमन्त्री प्रदीप यादवले सुदूरपश्चिममा भएका खानेपानीका समस्या समाधान गर्ने बताउनुभएको छ ।
सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठी, २०८१ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर, सुर्खेत र धनगढी, कैलालीको उद्घाटनका लागि सुदूरपश्चिमको धनगढी आउनुभएका मन्त्री यादवले यहाँका गाउँ टोलमा खानेपानीसम्बन्धी सबै समस्या समाधान गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खानेपानीका क्षेत्रमा के के समस्या छन्, म देशभरिमा अनुगमनका लागि दौडिरहेको छु । नागरिकलाई शुद्ध खानेपानी वितरण गर्ने मेरो पहिलो लक्ष्य उदेश्य हो । नागरिकको घर घरमा शुद्ध खानेपानी पुर्याउँछौँ ।’
सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले आम देशबासी नागरिकलाई शुद्ध खानेपानी पुर्याउनु आफ्नो प्रमुख दायित्व भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो । म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधैँ कटिबद्ध छु । खानेपानीका क्षेत्रमा भएका समस्या बुझन म सुदूरपश्चिमको कैलाली आइपुगेको छु । समस्या समाधान गरेरै छोड्छु ।’
मन्त्री यादवले जिल्लावासी आम नगारिकहरुका खानेपानीका क्षेत्रमा देखिएका समस्या पूर्ण रुपमा समाधान गरिने समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारको एक घर एक धाराको अवधारणा अनुसार मन्त्रालय विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ । सुदूरपश्चिमाका नागरिकका खानेपानीका समस्या समाधान गरेरै छोड्छौँ ।’
आम नेपाली नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफूले पनि मन्त्रालय सम्हालेदेखि हालसम्म नागरिकका खानेपानीका समस्या दीर्घकालीन रुपमा समाधान गर्नतर्फ अग्रसर रहेका उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘सरकारको एक घर एक धाराको अवधारणा छ । आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन म सहित सिङ्गो मन्त्रालय खटिएका छौँ । तराई, पहाड र हिमाली क्षेत्रका नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न मैले कुनै कसर बाँकी राखिने छैन ।’
पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरु सुक्दै जान थालेकाले तराईलगायतका क्षेत्रमा भूमिगत पानी सुक्न थालेको एवम् चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उहाँको भनाइ थियो ।