केरा खेतीतर्फ आर्कषित रौतहटका कृषक

5

रौतहट, २३ पुस । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैँडाटारलाई केरा उत्पादनको पकेट क्षेत्र भनेर चिनिन्छ । यहाँका कृषकले धान, मकै, गहुँ, तोरी, मुसुरो, जस्ता अन्नबालीको छाडेर केरा खेती गर्न थालेका छन् ।

केरा खेतीबाट मनग्य आम्दानी हुने भएपछि यहाँ कृषकले अन्नबाली लगाउन छाडेका हुन् । केरा खेतीको सम्भावता, अवस्थाका बारेमा चन्द्रपुर एकेडेमीका विद्याथीहरुले सोमबार कृषकसँग भलाकुसारी गरेका छन् ।

कृषकले समेत केरा खेती गर्ने तरिका र आम्दानी लगायतका विषयमा विद्याथीलाई बुझाएका छन् । अन्नबाली उत्पादनका लागि लगानी, परिश्रम र मेहनत बढी हुने तर उत्पादनमा कमि आउने र अपेक्षाकृत आम्दानी नहुने भएपछि केरा खेती गर्ने थालेको गैँडाटारका कृषक दीपक श्रेष्ठले बताउनुभयो ।

एउटा केराको बोटले एक पटकमा ८० देखि सय वटा केरा उत्पादन दिने र सो केरा प्रतिगोटा ५ देखि ६ रुपैयाँसम्ममा बिक्री हुने उहाँले बताउनुभयो । एक पटक उत्पादन नहुञ्जेल मेहनत र लगानी गर्नु पर्ने र उत्पादन हुन थालेपछि आम्दानी हुने केरा खेती गर्दै आएका कृषकको भनाइ छ ।

गैँडाटार क्षेत्रमा मात्र ३५ बिगाहभन्दा बढी क्षेत्रफलमा कृषकले केरा खेती गरेका छन् । केरा खेतीतर्फ कृषककको आर्कषण बढे पनि स्थानीय निकायबाट सहयोग प्राप्त नभएको कृषकहरुको गुनासो छ । गाउँका अधिकांश कृषकले केरा खेतीनै गरेकाले गैँडाटार केराका लागि परिचित वा पकेट क्षेत्रमा रुपमा चिनिने गरेको चन्द्रपुर नगरपालिकाले जनाएको छ । कृषकलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि नगरपालिकाले विभिन्न योजनाहरु ल्याउने बताएको छ ।

तिब्बत केन्द्रबिन्दु बनाएर बिहान गएको भूकम्पबाट सङ्खुवासभाको भोटखोलामा तेन्जिङ्ग शेर्पाको घर भूकम्पले भत्काएको छ । प्रहरीले क्षति पुगेका स्थानमा खोज र उद्धारको काम सुरू गरेको छ । क्षतिको अन्य विवरण संकलनको क्रममा रहेको प्रहरीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...