नेपालको उत्पादन विश्व बजारमा पुर्‍याउनुपर्छ : मन्त्री भण्डारी

10

काठमाडौँ, २२ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

सोमबार नेपाल निर्यात परिषद्को २७औँ वार्षिक साधारण सभा तथा ८औँ निर्यात दिवसको समुद्घाटन समारोह सत्रमा बोल्नुहुँदै मन्त्री भण्डारीले विश्व बजारमा नेपालको उत्पादनको उपस्थिति अत्यन्त दयनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मूलतः यतिखेर आयात र निर्यात जुन खाडल छ यसले नेपालको उत्पादन, उत्पादकत्व, विश्व बजारमा नेपालको उपस्थिति अत्यन्त दयनिय छ । हामी आयातमुखी बजारबाट जति आक्रान्त भएका छौँ । यसलाई आयात प्रतिस्थापन गर्नुपर्ने, नियार्त प्रवर्द्धन गनुपर्ने आजको यो व्यवसायीको यो परिषद्को या निजी क्षेत्रको मात्र नभइ यो सिंगो राज्यको आजको प्रमुख प्राथमिता हो ।’

साथै उहाँले सबैले मिलेर नेपालको उत्पादन विश्व बजारमा पुर्‍याउन सकिने बताउनुभयो । उहाँले नेपालको उत्पादनलाई प्रवर्द्धन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...