सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन् : मन्त्री अधिकारी

11

काठमाडौँ, २२ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हो भन्ने आधारमा जान आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १७औँ वार्षिक साधरण सभामा बोल्नुहुँदै उहाँले अब सहकारी चाहिँदैन भन्नेहरुलाई चुनौती दिनका लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने ठाउँ भनेको सहकारी हो भन्ने महसुस गराउनेगरी काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिले सहकारीहरु एउटै खाले हुन् । सहकारी ठिक छैनन् । अब सहकारी चाहिँदैन भन्ने एउटा तप्का छ । तिनीहरुलाई चुनौती दिनका लागि र सहकारी ठिक छन्, वास्तबिक जनतासँग वा कृषिमा आधारित र भोलि जनताको जीवनस्तर उकास्ने ठाउँ भनेको सहकारी हो । किनभने सहकारीमा बचत जम्मा गर्छौँ, त्यहीँ परिचालन गर्छौँ । अनि व्यवसाय निर्माण गर्छौँ । त्यसकारण हामी सहकारीमा फिजाइएको हल्ला मिथ्या हो भन्ने आधारमा जान आवश्यक छ ।’

उहाँले सरकारले विभिन्न संघ संस्थाहरु र सहकारीलाई अपेक्षा गरे अनुसारको सहयोग गर्न नसकेको बताउनुभयो । सबैले सरकारको मुख ताक्ने मात्र नभई आ–आफ्नो ठाउँबाट पनि पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘हाम्रो देशको आर्थिक स्थिति हेर्दा सरकारले विभिन्न संघ संस्थाहरु अथवा सहकारीलाई गर्ने सहयोगको बारेमा जति अपेक्षा छ, जति आवश्यकता छ । त्यो हुन सकेको छैन । त्यसैले सरकारको मुख ताक्ने मात्र होइन हामी सवल भएका छौँ । हामीले पनि पहल गर्नुपर्छ ।’

उहाँले ऐन कानुनहरु पुरानै हुँदा पुराना कानुनहरुले अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो । त्यस्तै, उहाँले भूमिहीन जनताहरुलाई सरकारले वास्तबिक बसोबासका लागि जग्गा दिनुपर्ने पनि बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...