शेखर कोइरालाले बेलायतको संसद्‌मा सम्बोधन गर्ने

15

काठमाडौँ, २० पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायतको संसद् (वेस्ट मिनिस्टर)मा सम्बोधन गर्ने हुनुभएको छ ।

उहाँले यही १३ जनवरी २०२५ का दिन संसद भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्न लाग्नुभएको हो ।

संसद्को त्यो कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने छ ।

नेता कोइराला बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै हुनुहुन्छ ।

बेलायतको संसद भवनभित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई संवोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...