पोखराबाट लागुऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ

10

पोखरा, २० पुस । पोखराबाट अवैध लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर)सहित तीन जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाबाट एक जना र पोखरा १ सिद्धनाथ टोलबाट दुई जना अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

गएको बिहीबार राति नौ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाबाट जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले स्थानीय वर्ष २८ का लगिन थापालाई अवैध लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

अभियुक्त थापाको घरकोठाबाट ०.५०० ग्राम खैरो हिरोइन, लागुऔषध गाँजा ६०० ग्राम, NITRAVET–१० नाम उल्लेख भएको लागुऔषध १९९ चक्की र मोबाइल एक थान समेत बरामद भएको प्रहरीले बताएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले नै पोखरा महानगरपालिका वडा नम्बर १ सिद्धनाथ टोलबाट अवैध लागुऔषध खैरो हिरोइनका साथमा विभिन्न खाले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको बताइएको छ ।

उक्त स्थानबाट पोखरा १ सिद्धनाथ टोलका ३७ वर्षीय निसदबाबु श्रेष्ठ र पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १० स्थायी वतन भइ हाल पोखरा ८ नयाँबजार बस्ने वर्ष ३२ को दीपक विकलाई अवैध लागुऔषध खैरो हिरोइनका साथमा विभिन्न खाले लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।

पक्राउ परेका लागु औषधका कारोबारी रहेको र उनीहरुविरुद्ध कास्की जिल्ला अदालतमा लागु औषधसम्बन्धी मुद्दामा म्याद थप भइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...