काठमाडौँ, १७ पुस । १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा लमजुङबाट एकै परिवारका तीन जना पक्राउ परेका छन् ।
भारत मोतिहारी घोडासान थाना बकुलिया–५, घर भइ बेँसीसहर नगरपालिका–७, सहजी बस्ने ४० वार्षीय सेख सइतुला, उनकी श्रीमती र छोरा समेत तीन जनालाई बेँसीसहर नगरपालिका–७, बस्ने १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा पक्राउ परेका हुन् ।
उनीहरुले ती बालिकालाई गएको मंसिर २४ गते अपहरण गरी भारत पुर्याएकोमा पुस १५ गते सोमबार पक्राउ गरी जिप्रका लमजुङ ल्याइएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताउनुभयो ।
पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा मंगलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले बताउनुभयो ।