जनकपुर, १६ पुस । जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्यामपस) का विद्यार्थीहरु आन्दोलित भएका छन् ।
बुधबार (भोलि)देखि सुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरु बिहानैदेखि विरोधमा उत्रिएका हुन् ।
विद्यार्थीहरुले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसरभित्र राखेको काठका सामाग्रीहरुमा आगोसमेत लगाएका छन् ।
यसअघि आजसम्म कहिले राराबा क्यामपसको परीक्षा केन्द्र अन्य क्याम्पसमा राखिएको थिएन । नियतवस निजी क्याम्पसका सञ्चालकहरुको पैसाको चलखेल र मिलेमतोमा ९ सय जना विद्यार्थीबाहेक बाँकी विद्यार्थीहरुको परीक्षा केन्द्र अन्य क्याम्पसमा राख्न लगाएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् । उनीहरुले यो निर्णय आजै नसच्चयाए भोलि मधेस प्रदेशभरि कुनै ब्याचलर लेभलको परीक्षा हुन नदिने चेतावनी दिएका छन् ।