गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्छ : देउवा [भिडिओ]

13

काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्ने बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले गणतन्त्रलाई सफल पार्ने र अझै विश्वसनिय बनाउने सबैको कर्तव्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आजको जुन यो गणतन्त्र छ यसलाई सफल पार्न र अझै विश्वसनिय बनाउनका लागि सबैको कर्तव्य हो । मलाई लाग्छ यो गणतन्त्र स्थायी रहन्छ । र यसलाई अझै सुदृढ बनाउन आवश्यक छ ।’ त्यस्तै, उहाँले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि नै आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण नै आज नेपाली राजनीति यहाँसम्म आइपुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण जनताको अधिकारका लागि गरेको संघर्षको कारण आज नेपाली राजनीति यहाँसम्म पुगेको छ । आधुनिक नेपालको राजनीतिक जग बनाउने काम नेपाली कांग्रेसको नेतृत्वले नै बनेको छ ।’

त्यस्तै, अर्का नेता राजन केसीले राजीनितक क्रान्ति सफल पारेपनि आर्थिक क्रान्ति भने सफल पार्न नसकिएको भन्दै त्यही कारणले राजनीतिक सफलता कुनैपनि बेला धरापमा पर्न सक्ने खतरा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले राजनीतिक क्रान्ति त सफल पार्‍यौँ तर आर्थिक क्रान्ति भने सफल पार्न सकेनौँ । त्यसैले हामीले ल्याएको राजनीतिक सफलता पनि कुनै पनि बेला धरापमा पर्न सक्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...