बैतडीमा ४.६ म्याग्निच्युडको भूकम्प

15

बैतडी, १६ पुस । बैतडीमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

बैतडीको सिगास गाउँपालिका न्वाघर केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको कारण कुनै धनजनको क्षति भएको छैन ।

पछिल्लो समय बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...