मुगुमा दोस्रो पटक हिमपात, किसानहरु खुसी

16

मुगु, १३ पुस । हिमाली जिल्ला मुगुमा दोस्रो पटक हिमपात भएको छ । दोस्रो पटक हिउँ पर्दा स्थानीय कृषक हिउँदे अन्नबाली उत्पादनमा राम्रो हुने भन्दै खुसी भएका छन् ।

रारासँगै आसपासका बस्तीहरुमा पनि हिमपात भएको छ । मुर्मा, कोटील्ला, सोबालगायत बस्तीमा पनि हिमपात भएको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु, डोल्फू, चितै, कार्ति किम्रीमा, सोरु, खत्याडका हिमाली बस्तीमा पनि हिमपात भएको छ । मुगुमा यो वर्ष दुई पटक हिमपात भएको स्थानीय बिर्ख रोकायाले बताउनुभयो ।

वर्षा र हिमपात नहुँदा चिन्तित देखिएका किसानहरु हिमपात हुन थालेपछि खुसी देखिएका छन् । हिमपातले अन्नबाली, फलफूल जडिबुटीहरु राम्रो हुने किसानहरुको आशा गरेका छ ।

हिमपातले पर्यटकीय स्थल रारा ताल आसपास हिमपात भएपछि कपास जस्तै सेताम्मे देखिएको छ । शुक्रबारदेखि मौसममा बदली भएर गएरातिबाट रारामा हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाकारी दिएको छ । हिमपात भएपछि मुगुका हिमाल सेताम्य देखिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...