काठमाडौँ महानगरले माग्यो ‘इन्टर्न’ मा न्यायिक सहजकर्ता

7

काठमाडौँ, ८ पुस । काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ ।

महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानुनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न)का रूपमा काम गर्न आवेदन आह्वान गरेको हो ।

कानुन क्याम्पसमा कम्तिमा तीन वर्ष अध्ययन गरिसकेका इच्छुक विद्यार्थीलाई आवेदन दिन सक्ने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...