कांग्रेसमा बिपीको नाम लिएर उम्किने परिपाटीको विकास भएको छ : महामन्त्री थापा

0

काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताउनुभएको छ ।

शुक्रबार कैलाश कोइरालाद्वारा लिखित उपन्यास ‘शास्त्र’को विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले पार्टीभित्र नेताहरुले आफूलाई भन्न मन लागेको कुराहरु बिपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीभित्र कसैलाई आफूलाई मन लागेको कुरा भन्नुपर्‍यो भने कहाँ गएर खोज्ने भने बिपीले यस्तो भन्नुभएको थियो भनेर सुरु गर्ने परिपाटी छ । तर, बिपीले हामीमाझ आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न । तर ,हामीलाई बिपीकै नाम लिएर सजिलोसँग उम्किने बाटो भएको छ ।’

त्यस्तै, महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीमा पछिल्लो समय कसैलाई संघीयता मन परेको छैन, कसैलाई संविधान मन नपरेको होला तर सबैलाई बिपीको नाम जोड्दा सजिलो भएको बताउनुभयो ।

साथै उहाँले कांग्रेस पार्टी किन छ भनेर बुझ्न जरुरी रहको बताउनुभयो । उहाँले पार्टीमा सक्रिय भइसकेपछि एकदुईवटा कुरा मात्र सोचेर बस्न नहुने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...