काठमाडौँ, ५ पुस । काठमाडौँमा महानगरपालिका उपप्रमुख सुनिता डंगोलले लैङ्गिकताका मुद्दामा पुरुषहरुको समान सहभागिताा हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश भएको बताउनुभएको छ ।
मंसिर ८ र ९ गते काठमाडौँको नन्दीकेशर बगैँचामा आयोजना भएको फेस्टिभलको समीक्षा गर्दै आज उपप्रमुख डंगोलले लैङ्गिमैत्री समाज निर्माण गर्न आपसी ज्ञान, सीप, अनुभव, भोगाइ र सिकाइका कोणबाट महोत्सव उत्कृष्ठ रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘लैङ्गिकताका मुद्दामा पुरुषहरुको समान सहभागिताा हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश हो । लैङ्गिमैत्री समाज निर्माण गर्न आपसी ज्ञान, सीप, अनुभव, भोगाइ र सिकाइका कोणबाट महोत्सव उत्कृष्ठ रह्यो । महानगरपालिकाले प्रवर्धन गरेको एक वडा एक नमुना उद्यम कार्यक्रमबाट सहभागीहरुले १ लाख ३० हजार रुपैयाँसम्मको व्यापार गरेको खबर पाएँ । महिला उद्यमशीलता र आत्मनिर्भरताका दृष्टिले यो ठुलो उपलब्धि हो ।’