महिला यू–१९ एसिया कपमा नेपाल र बंगलादेश भिड्दै

37

काठमाडौँ, ५ पुस । महिला यू–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर चार’मा बंगलादेशसँग भिड्दै छ । खेल नेपाली समयअनुसार शुक्रबार बिहान ११ः४५ बजे सुरु हुने छ ।

मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो । भारतसँग अंक बाँडेको थियो । समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

शुक्रबारको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्ने छ । फाइनल खेल आइतबार हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...