सहकारीप्रति फिजाईएको नकारात्मक भ्रमलाई चिर्न आवश्यक : मन्त्री अधिकारी

6

काठमाडौँ, २ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको समस्या चाँडो समाधान गरेर सहकारीप्रति फिजाइएको भ्रमलाई चिर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित सहरी सुशासन प्रवर्द्धनसम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सहकारीप्रति फिजाइएको भ्रमलाई चिरेर सहकारी ठिक छ भन्ने सन्देश दिनेगरी काम गर्नतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हामी सबै क्रियाशील भएर सहकारीप्रति फिजाइएको भ्रमलाई छिटो चिरेर सहकारी ठिक छ भन्ने सन्देश दिन सक्छौँ भनेर जति छिटो हामी यसतर्फ लाग्न सक्छौं, त्यति छिटो समाधान हुन्छ भन्ने मलाई विश्वास छ । त्यसको लागि सरकारले नमिलेका अप्ठ्यारा परिस्थितिलाई कानुन विधिहरुलाई सच्याउँछ ।’

उहाँले यही पौष २८ गते केही बचतकर्ताको बचत फिर्ता गर्ने व्यवस्था मिलाएको भन्दै अब चाँडै सहकारी पीडित सबैको समस्या समाधान गर्ने बताउनुभयो ।

प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम अहिले सहकारी क्षेत्रमा देखिएका चुनौतीहरु र समस्याहरु समाधान गर्ने कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...