उपलब्धिहरुलाई हामीले अनुभूतिमा बदल्न सकेका छैनौँ : मन्त्री पौडेल

10

काठमाडौँ, २८ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्राप्त गरेको उपलब्धिहरुलाई अनुभूतिमा बदल्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८१ लाई सम्बोधन गर्नुहुँदै उहाँले हामीले थुप्रै उपलब्धिहरु हासिल गरिसकेको भएता पनि अनुभूतिमा बदल्न नसकेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले उपलब्धि थुप्रै हासिल गरेका छौँ तर त्यसलाई अनुभूतिमा बदल्न सकिरहेका छैनौँ । हामीले व्यवहारिक परिवर्तनहरु गर्न सकिरहेका छैनौँ । यसैले हामीले खोजेको व्यवस्थाभित्र व्यवहारिक परिवर्तनका निम्ती हामी जहाँ छौँ त्यहाँबाट प्रभावकारी भूमिका निर्वाह गर्ने कोशिष गर्‍यौँ, जिम्मेवारीलाई प्रभावकारी ढंगबाट लग्ने कोसिस गर्‍यौँ । नेपालको राजनीतिले स्रोतसँग नजोडिकन सिद्घान्तहरुको व्याख्या गर्‍यौँ ।’

साथै उहाँले स्रोतसँग नजोडिएको सिद्घान्त कहिले राम्रोसँग कार्यान्वयन नहुने बताउनुभयो । उहाँले जुनसुकै राजनीतिक होस् या अन्य विषका साथै शैक्षिक विषयहरुलाई समेत स्रोतसँग जोडिएको हुनुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...