सुर्खेत, २४ मंसिर । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनै पनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो ।
गृहमन्त्री रमेश लेखकले दश वर्षे सशस्त्र द्वन्द्वका बेला पनि हामी दुई ठुला दलहरु मिलेर समस्या समाधान गरेको बताउनुभयो । साथै उहाँले दुई ठुला दल एमाले र कांग्रेस मिलेर संविधान बनाएको बताउनुभयो ।
‘यो सरकार केही मानिसहरुलाई मन्त्री बनाउन र सरकार बनाउनका लागि मात्र सरकार बनेको हैन । केही विशेष परिस्थितलाई सम्बोधन गर्न हामी एक ठाउँमा उभिएका हौँ । आर्थिक क्रियाकलाप कम्जोर बने । त्यसलाई चलाएमा बनाउन हामी एक ठाउँमा उभिएका हौँ । ६८ वर्षमा ७ वटा संविधान बनाउने विश्वका विरलैमध्ये एक नेपाल हो । धेरै संविधान बनाउनु भनेको देश अस्थित हुनु हो । हामी स्थितरका लागि सरकार बनाएका छौँ ।’
उहाँले जनतामा डेलिभरिको समस्या भएको बताउनुभयो । धेरै विषय गृह मन्त्रालयसँग जोडिएकाले मातहतका निकाय चनाखो हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले शान्ति सुरक्षा, लोकतन्त्र प्रवाह हुनपर्ने सेवाको स्थिति सुदृढ गर्न कुनै पनि सम्झौता नहुने र सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले अनुशासन कायम राख्नुपर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्र भनेको अनुशासनको परिवर्तन हो । अपराधकर्ताको व्यवस्था होइन् ।’ सरकारको स्थायित्व, मुलुकको स्थायित्व र दिगो विकासबाट सरकार बनेकाले यसलाई नियन्त्रण गर्नेतिर पनि हामी केन्द्रित हुनपर्ने बताउनुभयो ।
उहाँले अपराध गर्नेहरु सबै कानुनी दायरामा आउनुर्ने बताउनुभयो । हासेर मात्र सेवा प्रवाह गरेमात्र आधा समस्या समाधान हुने बताउनुभयो ।