जलश्रोतको दोस्रो धनी देश भएर पनि खानेपानीका लागि आन्दोलन गर्नुपर्ने अवस्था छ : मन्त्री यादव

11

काठमाडौँ, २३ मंसिर । खानेपानीमन्त्री प्रदीप यादवले जलश्रोतको दोस्रो धनी देश भनेर चिनिने नेपालमा खाने पानीको लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था दुःखद् रहेको बताउनुभएको छ ।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको चौथो अधिवेशनसहितको छैठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सुरक्षित खानेपानी आपूर्ति र सरसफाइले आर्थिक उन्नतिको जग निर्माण गर्ने भएता पनि अझै खानेपानी तथा सरसफाइको क्षेत्रमा चुनौतीहरु रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपालको आर्थिक सामाजिक विकासमा खोनपानी र सरसफाइ क्षेत्रको महत्त्व हामी सबैलाई अवगत नै छ । सुरक्षित खानेपानी आपूर्ति र सरसफाइले आर्थिक उन्नतिको जग निर्माण गर्दछ । तर, अझै खानेपानी तथा सरसफाइको क्षेत्रमा केही चुनौतीहरु यथावत नै छ । जलश्रोतको धनी देश नेपाल भनेर गौरव गर्छौँ तर जनता पानीको लागि आन्दोलन गर्छन् ।’

उहाँले खानेपानी तथा सरसफाइको क्षेत्रमा नयाँ सोच र दृष्टिकोणकासाथ अगाडि बढ्ने मार्गचित्र महासंघले तयार गरिरहेकोमा धन्यवाद दिनुभयो ।

मन्त्रालय एक्लैले मात्र खानेपानीको समस्या समाधान गर्न नसक्ने भन्दै महासंघ र मन्त्रालयको सहकार्यमा खानेपानीको आपूर्ति गर्न सफल हुने उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...