देवताले नसकेको युद्घ देवीले जितिन् तर महिनावारीको बेला देवीकै मन्दिर जान नदिनु दुःखद् : तुलसा दाहाल

12

काठमाडौँ, २३ मंसिर । विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दाहालले महिनावारी फरक ठाउँमा फरक नामाकारण भएको बताउनुभएको छ ।

आइतबार छैठौँ अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा बोल्दै उहाँले कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गर्दाखेरि सबैले फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महिनावारी फरक ठाउँमा फरक नामाकारणका रुपमा स्थापित छ । कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गरिएको छ । हाम्रो देशभित्र विभिन्न जाति, समुदाय जुनजुन ठाउँमा जसरी बसोबास छ त्यसरी नै हामीले अलग र फरक तरिकाले यसको सम्बोधन गर्नुपर्छ । ’

साथै उहाँले महिनावारी अशुद्धको प्रतीक भनेर छुट्याएकोमा दुःख लागेको बताउनुभयो । उहाँले ऐतिहासिक कुरा हेर्दा समेत देवीहरुको पूजा हुने, देवताले जित्न नसकेको युद्घ देवीले जितेको भए पनि महिनावारी हुँदा देवीकै मन्दिरमा जान नदिनु दुःखद् कुरा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ महिनावारी अशुद्धको प्रतीक भनेर छुट्याइनु दुःखद् कुरा हो । ऐतिहासिक कुरा हेर्दा समेत देवीहरुको पूजा हुने, देवताले जित्न नसकेको युद्घ देवीले जितेको भए पनि महिनावारी हुँदा देवीकै मन्दिरमा जान नदिनु दुःखद् विषय हो ।’

Share This:
सम्बन्धित खबर
Loading...