बिआरआई नेपालको हितमा छ, हस्ताक्षर गर्नु अगाडि सरकारले नाटक देखायो : झलनाथ खनाल

10

काठमाडौँ, २२ मंसिर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वदेश फिर्ता हुनुभएको छ । बेल्ट एण्ड रोड फोरममा सहभागी हुन चीन प्रस्थान गर्नुभएका उहाँ शनिबार स्वदेश फिर्ता हुनुभएको हो ।

स्वदेश र्फिता भएसँगै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले बिआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी लागेको बताउनुभयो । उहाँले बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नैपर्ने भए पनि त्यसअघि सरकारले नाटक गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बिआरआईमा हस्ताक्षर गर्नु अगाडि सरकारले पर्याप्त ध्यान पुर्‍याउन सकेन । बिआरआईका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले बिआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको छ । छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन सक्दैन ।’

उहाँले बिआरआई नेपालको हितमा रहेको बताउनुभयो । खनालले चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेको भन्दै पारवहनका विषयमा सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्ने जिकिर गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...