हवाई दुर्घटना अनुसन्धान गर्ने स्थायी आयोग गठन चाँडै : मन्त्री पाण्डे

12

काठमाडौँ, २२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिनुभयो ।

पछिल्लो समय तथ्य र तथ्याङ्कभन्दा पनि लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने उहाँको जिकिर छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा उहाँले हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणको लागि कानुनी प्रक्रिया आगाडि बढेको बताउनुभयो ।

मन्त्री पाण्डेले आयोग बनेपछि नेपाली आकाशमा देखिएको समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबीच सहकार्य गर्न सकेपनि हवाई क्षेत्रमा देखिएका समस्या समाधान हुने उहाँको भनाइ छ । यो वर्षको अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको नारा ‘दिगो भविष्यः आगामी ८० वर्षको लागि सँगै’ भन्ने रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...