काठमाडौँ, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले दोस्रो हार व्यहोर्नु परेको छ ।
जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । जनकपुरले १७.१ ओभरको खेलमा ३ विकेट गुमाएर १४३ रन बनाएर जित हासिल गरेको हो ।
ज्नकपुरको जितमा लाहिरू मिलान्थले ४५, जेम्स निसमले अविजित ४० तथा आशिफ शेखले ३३ रनको योगदान दिए ।
पोखराले जनकपुर बोल्ट्सलाई १ सय ३९ रनको लक्ष्य दिएको थियो । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रनको लक्ष्य दिएको थियो ।
जनकपुरले लगातार तीन खेलमा विजयी हासिल गरेको छ भने पोखराको यो दास्रो हार हो ।
जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।