एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता : मन्त्री पौडेल

12

काठमाडौँ, १६ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता भएको बताउनुभएको छ ।

आइतबार एचआइभी एड्स संक्रमित अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उहाँले एचआइभी संक्रमितमैत्री समाजको लागि नेपालमा पहिला कानुन बनाएर ऐनहरु लागु गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एचआइभी संक्रमितमैत्री प्रशासन र समाजको निर्माण गर्नु आवश्यक्ता छ । एचआइभी संक्रमितमैत्री समाज भयो भने संक्रमितहरुले बाच्ने आधार पाउँछन् । संक्रमितहरुले दिनदिनै वा दिनैपिच्छे पीडा पाउनुभन्दा संक्रमितमैत्री समाज बनाउन सके सजिलो हुन्छ ।’

साथै उहाँले संक्रमित भएकाहरुलाई पीडाबोध गर्न नहुने बताउनुभयो । उहाँले पीडाबोध नहुनुलाई त्यहीँ अनुसारको कानुन ऐन, व्यवहार र चेतना जोगाउने कामहरु गर्नुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...