परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

13

काठमाडौँ, १३ मंसिर । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमणको तयारीका लागि उहाँ आज चीन जान लाग्नुभएको हो ।

परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यीग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीको भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरिसकेको छ ।

मुख्यतः चीनको ठुलो परियोजना बिआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबीच विवाद कायमै रहेको बेला त्यसको पृष्ठभूमि तयारीका लागि परराष्ट्रमन्त्री पाँच दिन अगावै चीन जान लाग्नुभएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...