उषा भण्डारी ज्ञान संस्कार इन्टरनेसनल स्कुलबाट सम्मानित

9

काठमाडौँ, ११ मंसिर । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारीलाई ज्ञान संस्कार इन्टरनेसनल स्कुलले सम्मान गरेको छ ।

सोमबार सामाखुसीको ज्ञान संस्कार इन्टरनेसनल स्कुलले स्पोर्ट्स डेको अवसरमा सम्मान गरेको प्रधानाध्यापक निलम बानियाँ बडुले जानकारी गराउनुभयो ।

नेपाली भलिबल र समग्र खेलकुदलाई उचाइमा पुर्‍याउन भूमिका खेलेकाले सम्मान गरिएको प्रधानाध्यापक निलम बानिया बडुले बताउनुभयो । ‘भलिबल मात्रै हैन नेपाली खेलकुदलाई प्रवर्द्धन गर्न उषाले ठुलो योगदान गर्नुभएको छ । उहाँको योगदानलाई कदर गर्न पाउँदा स्कुल परिवार खुसी छौँ,’ उहाँले भन्नुभयो ।

हाल उषा विभागीय टोली नेपाल पुलिस क्लबबाट व्यवसायिक भलिबल खेलिरहनुभएको छ । स्पाइकर उषाले ज्ञान संस्कार स्कुलले खेलकुदमा गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले स्कुलबाट सम्मान पाउनु खेलाडीको लागि खुसीको क्षण रहेको बताउनुभयो । ‘आधुनिक शैक्षिक क्षेत्रमा फरक परिचान बनाएको स्कुलले खेलकुद विकासमा पनि ठुलो योगदान गरिरहेको छ । यसबाट प्रभावित भए । मलाई विश्वास गरेर सम्मान गर्नुभएकोमा खुसी छु,’ उषाले भन्नुभयो ।

स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको साप्ताहिक खेलकुद कार्यक्रम पनि सोमबार नै सम्पन्न गरेको छ । एकसाता चलेको खेलकुद प्रतियोगितामा ब्याडमिन्टन, कबड्डी, बास्केटबल, बुद्धिचाल, स्केटिङलगयात विभिन्न १९ खेल समावेश थियो । प्रमुख अतिथि रहनुभएकी भलिबल स्टार उषाले नै विजेता खेलाडीलाई पुरस्कृत गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...