काठमाडौँका यी स्थानमा आज ७ घन्टा विद्युत् अवरूद्ध

22

काठमाडौँ, ८ मंसिर । काठमाडौँका विभिन्न स्थानहरूमा शनिबार  साढे ६ देखि ७ घन्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्युरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडरअन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्नसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ ।

न्युरोड फिडरअन्तर्गत पर्ने संकटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, भूगोल पार्क, दमकल गेट, बसन्तपुर डवली, झोसे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा बिहान साढे आठ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुने छ ।

त्यस्तै, महाबौद्ध फिडरअन्तर्गत पर्ने महाबौद्ध सब स्टेसनभित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेसनभित्र, विशाल बजार अगाडि, गणेशस्थान ट्रमा हस्पिटल पछाडि केबुल हेडसम्म बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुने छ ।

कालीमाटी फिडरअन्तर्गत पर्ने टेकु नेसनल ट्रेडिङ्ग हुँदै हनुमन्त भिमसेनस्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टंगाल, भुरुङ्गखेल क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत प्राधिकरणले जनाएको छ ।

ती क्षेत्रहरूमा बाङ्गो पोल सिधा गर्ने र जीर्ण भएका पोल तथा ट्रान्सफर्मर बदली गर्नका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...