सरकारले पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने

73

काठमाडौँ, ३ मंसिर । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी दिनुभयो ।

यस्तै, उहाँले आज सरकारी कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले प्रतिनिधिसभाका पूर्वसभामुुख दमननाथ ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ । आज उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुन्छ । उहाँको निधनमा शोक जनाउन आज मंसिर ३ गते सार्वजनिक बिदा दिने उक्त दिन नेपालभरका र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने पनि निर्णय भएको छ ।’

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...