नेपाल सम्वत्‌लाई सबैले जान्ने, बुझ्ने र प्रयोग गर्न सक्ने बनाउनुपर्छ : उपप्रमुख डंगोल

10

काठमाडौँ, १७ कात्तिक । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल सम्वत्‌लाई सबैले चिन्नुपर्ने बताउनुभएको छ ।

शनिबार नेपाल सम्वत् ११४५ को अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपाल सम्वत्‌लाई सबैले जान्ने, बुझ्ने र प्रयोग गर्न सक्ने बनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल सम्वत्‌को आफ्नै मौलिक पहिचान छ । व्यवहारीक रुपमा पनि यसको निकै महत्त्व छ । हामीले मनाउने विभिन्न संस्कृति, कलाकृति, जात्रा पर्वहरु सबै हामीले नेपाल सम्वत्‌कै आधारमा मनाउँछौँ । यसकारण पनि नेपाल सम्वत्‌लाई हामीले प्रयोग गर्नुपर्छ । यसलाई अझै धेरैले जान्ने, बुझ्ने, प्रयोग गर्न सक्ने बनाउनुपर्छ । ’

साथै उहाँले मनाउँदै आइरहेको र व्यवहारमा लागु गरिरहेको नेपाल सम्वत्‌लाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रशासनीय रुपमा नेपाल सम्वत्‌लाई तीव्र गतिमा लैजान ध्यान दिनुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...