राष्ट्रिय फुटबल टिमकी अमिशालाई १ लाख नगदसहित सम्मान

70

काठमाडौँ, १६ कात्तिक । नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिशा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो ।

संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिशालाई सम्मान गरेको बताउनुभयो ।

अमिशाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ । अमिशाले बुधबार दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिप को फाइनल खेलमा बंगलादेशविरुद्ध गोल गर्नुभएको थियो ।

यद्यपि, सो खेलमा नेपाल २–१ गोलले पराजित भएको थियो । उहाँले सेमिफाइनलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी प्रहार गर्दा नेपालले ४– २ गोलको जित निकालेको थियो ।

सामाजिक संस्था एसएस फाउन्डेसनले विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । विपद्‌मा परेकालाई सहयोग गर्नेदेखि सामाजिक काम गर्ने व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...